skip this farak Kura Pravakar

निजगढको शहीद चोक तथा बजार क्षेत्रबाट हट्ला त ठेलामा व्यवसाय ?

अटो पाकिङ्ग व्यवस्थापन र बधशालाको दुर्गन्ध नियन्त्रणमा छैन चासो

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका कार्यालयले शहीद चोक तथा बजार क्षेत्रको ठेलाहरु व्यवस्थापन गर्ने बारे बुधबार निकालेको सूचनाले चर्चा बटुलेको छ ।

निजगढ नगरपालिकाको शहीद चोक तथा बजार क्षेत्रमा ठेलाहरुमा सामान विक्री वितरण गरी सडक अवरुद्ध भएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले निकालेको सूचनामा जथाभावी फोहोरजन्य पदार्थहरु फ्याँक्ने जस्ता कार्यहरु गर्ने गरेको पाइएकोले उक्त कार्यहरु नगर्नु नगराउनु सूचित गरिएको छ ।

सूचनामा ठेलाहरुमा सामान विक्री वितरण र जथाभावी फोहोरजन्य पदार्थहरु फ्याँके कार्य व्यवस्थापनका लागि नगरपालिकाले १५ दिनको समय दिईएको छ ।

ठेला र फोहोर व्यवस्थापन गरेर शहीद चोक तथा निजगढ बजार आसपासको क्षेत्रलाई सफा र सुन्दर बनाउने नगरपालिकाले योजना बनाएको हो ।

सूचनामा सिमित हुन्छ कि ?

नगरपालिकाले ठेला र फोहोर व्यवस्थापनका लागि सूचना निकालेपछि त्यसको स्वागत भएको छ । सूचनाको स्वागतसँगै कार्यान्यनबारे आशंका समेत गरिएको छ । विगतमा विभिन्न सूचना निकालिएको र कार्यान्वयन नभएको अनुभूती गरेको नगरवासीले यो सूचना पनि सूचनामा नै सिमित हुने छ त हैन भनेर चिन्ता व्यक्त गरिएको हो ।

अटो व्यवस्थापन खै त ?

शहीद चोक र बजार क्षेत्रको कुरुपता र अस्तव्यस्ताको कारक ठेलासँगै अटोको पार्किङ्ग समेत हो । तर, नगरपालिकाले निकालेको सूचनामा अटो पार्किङ्गको विषय भने समेटिएको छैन ।

शहीद चोकमा सञ्चालित बधशालाबाट दुर्गन्ध फैलिएको लामो समय भएपनि त्यसलाई व्यवस्थापनबारे नगरपालिकाले चासो दिएको छैन । नगरपालिकाले बधशाला बनाउने चर्चा भएपनि त्यो कार्यान्यनमा आउन सकेको छैन ।

स्थानीयले पटक–पटक ठेला, बधशाला र अटो पार्किङ्गको विषयमा नगरपालिकालाई जानकारी गराउँदै आएका छन् । विगतमा तत्कालिन मेयर सुरेश खनालले व्यवस्थापनका लागि पहल गरेपनि पूर्णता पाउन सकेको थिएन् ।

विकल्पको खै ?

ठेला व्यवसायीले विकल्प दिएर व्यवस्थापन गर्नुपर्ने बताउँदै आएका छन् । अटो पाकिङ्गको व्यवस्थापनका लागि उचित स्थापन छनौंट गरेर योजना अघि बढाउनु पर्ने आवाज उठ्ने गरेको छ ।

nijgadh-supermart-adz1200-630