skip this farak Kura Pravakar

जसले संघीय गणतन्त्र ल्यायो उसलाई भोट कम आउने, विरोध गर्दै हिड्यो उसको धेरै (भिडियो)

एउटा लहर आउन लागेको मैले महसुस गरेको छु

2.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा मात्र भएन्, त्यो कार्यान्वयनको दिशामा छ । समानुपातिक, समावेशी भनेर सयौं–सयौं वर्षदेखि विभेदमा पारिएका अपमान भोगेका मधेसी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु लगायतको राज्यमा प्रतिनिधित्व प्रणाली स्थापित भएको छ ।

आफैमा यो धेरै महत्वपूर्ण परिवर्तन हो । यो परिवर्तन ल्याउनका लागि नेकपा माओवादी केन्द्रको तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको नै मुख्य भूमिका थियो । यो कुरा इतिहासमा स्थापित भईसकेको सत्य हो । तर, दुरभाग्य माओवादी पार्टीले त्यसलाई अपनत्व, स्वामित्व लिएर जनतामा राम्रोसंग बुझाउने कुरामा विगतमा कमि भयो ।

जसले संघीय गणतन्त्र ल्यायो उसलाई भोट कम आउने, जसले संघीय गणतन्त्रको विरोध गर्दै हिड्यो उसको धेरै भोट आउने भनेपछि त यो समानुपातिक, समावेशी, जनताको पहिचान अधिकारका मुद्दाहरु कमजोर हुने भए ।

मलाई लाग्छ यहाँसम्म आउँदा देशभरि गत सालको प्रतिगमन विरोधि आन्दोलन अनि हामीले पार्टीको तर्फबाट पारित गरेका विचार र नीतिहरु सबैको क्रममा चाँहि देशभरि र अझ मुख्यगरि मधेस र तराईभरि फेरी एक पटक माओवादी केन्द्र नै हाम्रो पहिचान र मुक्तिको नेतृत्व गर्ने पार्टी हो भन्नेमा जनतामा, बद्धिजीविहरुमा, पार्टीका नेता–कार्यकर्ताहरुमा एउटा लहर आउन लागेको मैले महसुस गरेको छु ।

–खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको सारसंक्षेप

भिडियो :

 

nijgadh-supermart-adz1200-630