skip this

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 

990 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।

स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका–४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको फलेबास नगरपालिका–२ थापाथाना घर भई स्याङजा पुतलीबजार नगरपालिका–१४ डेरा गरी बस्ने ३६ वर्षीया शर्मीला नेपाली आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।सबै घटनाहरुका सबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

nijgadh-supermart-adz1200-630