skip this farak Kura Pravakar

पोखरा महानगरपालिकामा कांग्रेसबाट उपमेयर दाबी गर्ने पाण्डे को हुन् ?

4.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी पाण्डे क्षेत्रीले दाबी गरेकी छिन् ।

आइतबार महानगर समितिले उम्मेदवार हुन इच्छुकलाई मनोनयन दर्ताको लागि आव्हान गरेको थियो । उपमेयरमा पाण्डेसहित ८ जनाले उम्मेदवारी दिएका छन् ।

पाण्डे नेपाली कांग्रेसकी पुरानी नेतृ हुन् । उनले आफू स्वभाविक उम्मेदवार भएकाले नाम दर्ता गराएको बताइन् । मेयरमा १८ जनाको दाबी रहेको छ । पार्टीको निवर्तमान जिल्ला कोषाध्यक्ष उनी कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार भएकी थिइन्, उनले महाधिवेशनमा केन्द्रीय सदस्य हारे पनि सम्मानजनक मत पाएकी थिइन् ।

पार्टीका हरेक गतिविधिमा संलग्न उनले महानगरको उपप्रमुख भएपछि महानगरको विकासका लागि के के गर्ने भन्ने खाका पनि पहिले नै बनाइसकेकी छिन् । ‘म राजनीतिमा पुरानै मान्छेमध्ये गनिन्छु, अहिलेसम्म पार्टीको लागि धेरै योगदान गरेको छु, अब त्यहाँ पुगेपछि महानगरवासी, देशवासी र जनताको लागि काम गर्नेछु’ उनी भन्छिन् ‘मैले गरेको सामाजिक योगदानका आधारमा पनि मलाई धेरै मत आउँछ, अहिलेसम्म कसैलाई अहित हुने काम गरेकी छैन र गर्दा पनि गर्दिन ।’ उनी राजनीतिलाई स्वच्छ बनाउने अभियानमा पनि छिन् ।

उनी इमानदारिताका साथ राजनीति गर्दै आएकी छिन् । अहिलेसम्म कांग्रेसबाट उम्मेदवार बनेका सबैलाई जिताउन उनी आफ्नो ठाउँबाट सक्रियताका साथ लागेकी छिन् । ‘यसअघि अरुको लागि लागियो त्यसैले पनि यसपालि सबैसँग सहयोगको अपेक्षा गरेकी छु’ पाण्डे उत्साहित हुँदै भन्छिन् ‘ म आएपछि केही समयमै महानगरवासीले सकारात्मक परिवर्तन भएको महसुश गर्न पाउनुहुने छ ।’ उनी राजनीतिसँगै सामाजिक गतिविधिमा पनि सक्रिय छिन् ।

उनी क्षेत्री समाज नेपालकी राष्ट्रिय उपाध्यक्ष, बीपी अध्ययन प्रतिष्ठान गण्डकीकी अध्यक्ष, महिला उद्यमी सेवा नेपालकी संस्थापक अध्यक्ष, राष्ट्रिय परोपकार महासंघ नेपालकी आजीवन सदस्य पनि हुन् । कास्कीको क्षेत्र नम्बर २ को नेपाल महिला संघकी क्षेत्रीय सभापति, पार्टीको क्षेत्रीय सदस्य भएर समेत आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएकी उनले समाजका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै आएकी छिन् ।

उनी नेपाल रेडक्रम सोसाइटीकी आजीवन सदस्य, नेपाल परिवार नियोजन संघ कास्कीकी सदस्य पनि हुन् । २०७२ सालमा गएको महाभूकम्पमा पनि उनले राहत बाँडिन् । कोरोना महामारीमा स्वास्थ्य सामग्रीका साथै आवश्यक खाद्यान्न र अन्य सहयोग पनि गरेकी थिइन् । उनले गरेको सहयोग जिल्लावासी र महानगरवासीले अझै पनि सम्झिइरहेका छन् ।

उनका बुबा खड्गबहादुर जंगली पनि स्याङ्जाको सेतीदोभान गाउँ पञ्चायतको प्रधानपञ्च थिए । परिवार नै राजनीतिमा भएकाले उनलाई पनि राजनीतिमा आउन सजिलो भयो । त्यतिमात्र होइन ससुरा डम्बरबहादुर पाण्डे पनि प्रजातन्त्र प्राप्तिको लागि योगदान दिएका चर्चित व्यक्ति हुन् । घरमा पनि र माइतमा पनि राजनीतिक वातावरण भएकाले उनलाई पनि राजनीति गर्न कतै रोकतोक भएन, उनी जहाँ जसरी लागिन् सफल भएरै छोडिन् ।

उनले कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय महासंघको महासचिव भएर पनि काम गरिसकेकी छिन् । विभिन्न ठाउँमा भएका राष्ट्रिय सम्मेलनमा उनले नै नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।

‘म राजनीतिबाट कहिल्यै पनि हराएकी छैन, सँगसँगै समाजसेवा पनि गर्दै आएकी छु, मेरो क्षमता र लगनशीलता हेरेर पार्टीले मलाई उपमेयरमा टिकट पाउँछु भन्ने लागेको छ ’ उनले भनिन् ‘ म अनावश्यक गफ र भाषणमा विश्वास गर्दिन, महानगरलाई बनाउने मेरो सपना छ त्यो पूरा गरेरै छोड्छु ।’

nijgadh-supermart-adz1200-630