नेकपा (एमाले) निजगढको अध्यक्षमा तिलक घलान विजयी ! अरु को को भए विजयी ?
यस्तो बन्यो टिम तिलक
वि.सं.२०८२ वैशाख २२ सोमवार १९:५७
3.81K
shares

बारा–नेकपा (एमाले) निजगढ नगर कमिटीले नयाँ नेतृत्व पाएको छ ।
अध्यक्ष पदमा तिलक घलान, उपाध्यक्षमा सम्झना थापा, सचिवमा थानेश्वर सापकोटा, उपसचिवमा पुरुषोत्तम भट्टराई निर्वाचित भएका छन् । त्यसैगरि उपसचिव (महिला) जानुका न्यौपाने निर्विरोध भएका छन् । ५० जना सदस्य वडाबाटै सहमति जुटेर निर्विरोध निर्वाचित भईसकेका छन् ।
दुई सय ९८ मतदाता रहेको निजगढमा दुई सय ८९ मत खसेको थियो ।
कसको मत कति
अध्यक्ष :
जयराम कुमार– ९५
तिलक घलान– १७९
उपाध्यक्ष :
जितबहादुर तामाङ्ग १००
सम्झना थापा लामिछाने–१६७
सचिव :
थानेश्वर सापकोटा– १८४
प्रेमबहादुर कार्की– ८५
उपसचिव :
पुरुषोत्तम भट्टराई–११५
विजय तिमल्सिना–५९
हरि बर्तौला–६१
सुरेश शर्मा–५
वि.सं.२०८२ वैशाख २२ सोमवार १९:५७
















