आज यि ११ दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदै
वि.सं.२०७९ चैत ६ सोमवार १०:०६

काठमाडौं। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।नेकपा एमाले सहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको हुन् ।
विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन, आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाएपछि दलको संख्या ११ पुगेको छ । यसैगरी नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः यी दल विपक्षमा रहने छन् ।
१० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन् । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ ।
वि.सं.२०७९ चैत ६ सोमवार १०:०६

















