skip this farak Kura Pravakar

एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले पायो यूवा नेतृत्व ! फराकिलो मतान्तरले शाह विजयी

शाहको प्यानल नै विजयी

2.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले यूवा नेतृत्व पाएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानबाट त्रिलोक विक्रम शाह निर्वाचित भएका छन् ।

तीन सय ४८ मतदाता रहेको जीतपुरसिमरामा तीन सय २६ मत खसेको थियो ।

खसेको कुल मतमध्ये त्रिलोक विक्रम शाहले दुई सय ७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी तारा बस्नेत (हिरा) ले एक सय ६ मत ल्याएका छन् ।

शाहको प्यानल नै विजयी भएको छ ।

कसको मत कति ?
अध्यक्ष पदमा
त्रिलोक विक्रम शाह –२०७
तारा बस्नेत (हिरा)–१०६
उपाध्यक्ष पदमा
कैमुदिन अन्सारी–१८७
सुनिल कुमार गुप्ता –१२१
सचिव पदमा
रबिन्द्र भण्डारी–१६८
रमेश कुमार पौडेल–१३८
उपसचिव पदमा
इम्तियाज अन्सारी–१०१
बिष्णु प्रसाद सापकोटा–१९५
महिला उपसचिव पदमा 
अलौपिया चौधरी –१८१
समिता शर्मा–१२४

दुई वटा छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका उम्मेदवार मध्ये शाहको प्यानललाई एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल र बस्नेतलाई एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह समूहको समर्थन रहेको थियो ।

 

 

nijgadh-supermart-adz1200-630