skip this farak Kura Pravakar

नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु

2.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ । दाङमा नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट गएको टोलीले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका-८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगर रहेका छन् । नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताए ।

nijgadh-supermart-adz1200-630