skip this

बारामा माईती घर हिडेकी बुहारीलाई जेठाजु र ससुराले गरे एसिड प्रहार

पीडितको जेठाजु र ससुरालाई वीरगञ्जबाट पक्राउ

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । बाराको कलैयामा एक महिलामाथि एसिड प्रहार भएको छ । कलैया उपमहानगरपालिका– २३ कलैया–वीगरञ्ज सडक खण्डको कोईरीया टोल चोकमा शुक्रबार राति ८ बजे एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पर्सा वीरगञ्ज उपमहानगरपालिका– १३ श्रीपुरका उमेश साहको श्रीमती २८ वर्षीया सीता पटेललाई परिवारकै सदस्यहरुले एसिड प्रहार गरेर फरार भएको जिप्रका बाराका सूचना अधिकारी राजेश थापाले जानकारी दिए ।

कलैयामा माईती घर बस्दै आएकी पटेललाई आफ्नो माईती जेठाजु रामबाबु साह र ससुरा हवारी साह ना.६० प ७२७९ नम्बर को स्कुटीमा सवार रहेको अवस्थामा एसिड प्रहार गरेको थापाले बताए ।

एसिड प्रहारबाट घाइते भएकी पटेलको उपचार जिल्ला अस्पतालमा जारी रहेको छ ।

दुई जना पक्राउ

एसिड प्रहार भएको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितको जेठाजु र ससुरालाई वीरगञ्जबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर का ३२ वर्षिय रामबाबु साह र ससुरा ५० वर्षिय हवारी साह छन् ।
घटनाबारेमा थप अनुसन्धान भई रहेको बारा प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630