दाङको गढवामा कार र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
वि.सं.२०७९ वैशाख २८ बुधवार १०:४०
864
shares

काठमाडौं । दाङमा कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दाङको गढवामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कारले रा ६ प ७३७९ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा स्थानीय अरुण चौधरी र सुरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। दुर्घटनापछि प्रहरीले कारका चालकलाई पक्राउ गरेको छ।
वि.सं.२०७९ वैशाख २८ बुधवार १०:४०

















