उदयपुरमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
वि.सं.२०७९ वैशाख २८ बुधवार १०:२९
1.15K
shares

काठमाडौं । सोमबार दिउँसो उदयपुरमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो । बेलका–६, फक्टपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले यही वैशाख ७ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तपछि खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७९ वैशाख २८ बुधवार १०:२९

















