skip this

सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

708 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी- राजविराज नगरपालिका–५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत २ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630