बारामा एक करोड ४२ लाख बढीका अबैध सामान सहितको दुई वटा ट्रक पक्राउ
वि.सं.२०८० असोज १८ बिहीवार १५:०५

बारा– बारामा एक करोड ४२ लाख एक हजार आठ सय ५१ रुपैयाका अबैध सामान सहितको दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको अम्लेखगञ्ज र पथलैयाबाट प्रहरीले ट्रकहरुलाई रोकी चेक जाँच गर्दा सवारी साधनहरुबाट बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेकोले सामानहरु बरामद् गरेको बारा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जमा खटिएको प्रहरीको टोलीले विषेश सूचनाको आधारमा वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ नं.को ट्रकबाट अन्दाजी ४९ लाख ८२ हजार ४ सय ४३ बराबरको सामान बरामद् गरेको छ ।
त्यसैगरि जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा अन्दाजी ९२ लाख १९ हजार चार सय आठ रुयैँया बराबरको सामानहरु बरामद् भएको हो ।
सवारी साधनहरुबाट बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेकोले उक्त सामानहरु सहित गाडीहरु नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले प्रेस नोटमार्फत जानकारी गराएका छन् ।
वि.सं.२०८० असोज १८ बिहीवार १५:०५

















