skip this

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नेकपा (एमाले)ले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ।

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएका हुन्।

पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो ।

नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ। एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट जितेको छ ।

nijgadh-supermart-adz1200-630