skip this farak Kura Pravakar

एमालेले प्रधानन्यायाधीश जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको छ –रामनारायण बिडारी

2.4K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने राष्ट्रियसभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीको भनाई छ ।

आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने बताएका हुन् ।

उनले संसद जीवित रहेको पनि बताए । बिडारी संसद भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पारे । आवश्यक परेमा संसदको अधिवेशन बोलाउन सकिने पनि उनको तर्क छ । वरिष्ठ अधिवक्ता बिडारीले एमालेले प्रधानन्यायाधीश जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको आरोप लगाए ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630