skip this

तीन दिनका लागि एमाले अध्यक्ष ओली झापा जाँदै,कार्यकर्तासँग भेटघाट गर्ने

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि गृह जिल्ला झापा जाने भएका छन ।दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ ।

सो क्रममा आज विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।१२ गते दमकमा ओलीले आफना नेता तथा कार्यकर्तालाई भेटघाट गरीसके पछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630