skip this

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने एमालेको निर्णय

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने नेकपा (एमाले)ले निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

“सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ”,बैठकपछि उनले भने “सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वास लाग्दो आधार निर्माण गर्ने परिस्थिति विकास नगरेकाले मत दिन नसकिने निर्णय भएको हो ।”

संसद्भित्र जनता र देशको भावनालाई प्रतिपक्षको बेञ्चबाट सशक्त, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने, सरकारलाई संसद्प्रति जवाफदेही बनाउने, संसदीय मूल्य मान्यतालाई स्थापित गर्दै अघि बढ्ने निर्णय भएको उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630