निजगढ : १४ हजार ९ सय ४६ मत गणना हुदाँ एमालेको अग्रता
मेयरमा २ सय ७४, उपमेयरमा १ सय ६५ मतको अग्रता
वि.सं.२०७९ जेठ ३ मंगलवार ०६:२५

बारा : बाराको निजगढको ७ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं. ७, ८,९, १०, ११, १२ र १३ को १४ हजार ९ सय ४६ मतगणना सकिदा एमालेले अग्रता लिएको छ ।
मेयर पदमा एमालेका सुरथ पुरीले २ सय ७४ मतले अग्रता लिएका छन् । उनले ६ हजार ८७ मत ल्याएका छन् भने पाँच हजार ८ सय १३ मत गठबन्धनका सुरेश कुमार खनालले पछ्याई रहेका छन् ।
त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ६५ मत सहित अग्रता लिएकी छिन् । उनले ५ हजार ७ सय ९ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले ५ हजार ५ सय ४४ तीन हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।
७ वटा वडाको नतिजा सार्वजनिक
१३ वटा वडा मध्ये ७ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निजगढको साविक रतनपुरीका ४ र निजगढका ३ वटा वडाको नतिजा सार्वजनिक भएको हो ।
७ मध्येमा ५ वटा कांग्रेस र २ वटामा एमाले विजयी भएको छ । गठबन्धनले ८, ९, ११, १२ र १३ वडा जितेको छ भने १०, ७ एमालले विजयी भएको छ ।
यी हुन् विजयी
वडा नं. ७– टेकबहादुर लामा (एमाले)
वडा नं. ८– स्वर्ण लामा (गठबन्धन)
वडा नं. ९– रामचन्द्र कटुवाल (गठबन्धन)
वडा नं. १०– आशाकाजी श्रेष्ठ (एमाले)
वडा नं. ११– सैहइया गुरो (गठबन्धन)
वडा नं. १२– ज्ञानबहादुर गोले (गठबन्धन)
वडा नं. १३– सुर्य बहादुर घलान (गठबन्धन)
वि.सं.२०७९ जेठ ३ मंगलवार ०६:२५

















