skip this

जीतपुरसिमराको शैक्षिक सुधार अभियानको शिक्षकका संगठनको एक्यवद्धता ! ९ बुदे माग राख्दै ज्ञापन

करार म्यादसहित ९ बुदे माग

2.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिकाभित्रको शैक्षिक सुधारमा गरेका अभियानको शिक्षक महासंघ नगर शिक्षा प्रतिनिधिले प्रशंसा गरेको छ ।

शैक्षिक सुधारमा गरेका अभियान महत्वपूर्ण भएको भन्दै अभियानप्रति आभारी व्यक्त गर्दै शिक्षक महासंघ नगर शिक्षा प्रतिनिधिले पालिकाले थालेको शैक्षिक गुणस्तर सुधारमा गर्ने बिभिन्न क्रियाकलापहरुमा ऐक्यबद्धता समेत जनाएको छ ।

जीतपुरसिमराका मेयर राजन पौडेललाई ज्ञापन पत्र बुझाउँदै शिक्षक महासंघ नगर शिक्षा प्रतिनिधिले अभियानको प्रशंसा र एक्यवद्धता जनाएपनि केहि दुखेसोसहित नौं बुदे माग अघि सारेको छ । मेयर कार्यक्षमा भएको ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपमेयर भोलाप्रसाद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

त्रासमा पठनपाठन गर्दैछौं

पालिकाले गरेको शिक्षक र विद्यालयप्रति लिएको केहि निर्णयले शिक्षकलाई निकै दुखी बनाएको ज्ञापन पत्रमा उल्लेख छ ।

‘हामी हाम्रो पेशाप्रति इमान्दार भएर काम गर्दा गर्दै पनि मनमा त्रास लिएर एवम् त्रसित मनोविज्ञानबाट कक्षाकोठामा पढाउन जानु पर्ने अवस्था छ,’ ज्ञापन पत्रमा लेखिएको छ–‘पठनपाठनमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले हामी सम्पूर्ण शिक्षकहरुलाई उत्साहित मनोविज्ञान लिएर कक्षाकोठामा अध्यापनको वातावरण बनाई हाम्रा तपशिलका भागहरुलाई सम्बोधन गरीदिनु हुन अनुरोध गर्दै यो ज्ञापनपत्र पेश गर्दछौँ ।’

करार म्याद थप्न माग

मेयर पौडेललाई बुझाईएको ज्ञापन पत्रमा करार नवीकरण पुनर्विचार गर्न माग गरिएको छ । मेयर पौडेलले १३ बैशाखमा निर्णय गर्दै करार थपको निर्णय बैशाख ३१ गतेभित्र पेश गर्न विद्यालयहरुलाई पत्रचार गरेका थिए ।

ज्ञापन पत्र बुझाउने समितिमा नगर शिक्षक महासंघ प्रतिनिधि संयोजक शंकर कुमार आचार्य, नेपाल शिक्षक संघ नगर अध्यक्ष जयप्रकाश राय, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष पिताम्बर चौधरी, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष प्रमोद यादब, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य राजु अधिकारी, बाल विकास नगर अध्यक्ष रुपा चौधरी, कर्मचारी संगठन नगर अध्यक्ष कृष्ण चौधरी, राहत शिक्षक बरुण गौतम, राजमणी बराल, आधारभूत विद्यालय अनुदान सतेन्द्र प्रसाद यादब लागायत रहेका थिए ।

यी हुन् माग

  • १) २०८०–०१–१३ गते नगरप्रमुख स्तरीय निर्णयबाट भएको सूचना अनुसार करार नवीकरण सम्बन्धमा पुनर्विचार गरियोस् ।
  • २) शिक्षासँग सम्बन्धित कुनै पनि कार्य गर्दा शिक्षक प्रतिनिधिको सहभागिता अनिवार्य गराई अपनत्व बोध गर्ने वातावरण बनाइयोस् ।
  • ३) बाल विकासलाई दिनु पर्ने थप रु २०००६ (दुई हजार ) यहि आ.ब.को अन्तिम निकासामा निकासा गरियोस् ।
  • (४) राष्ट्रपति रनिङ शिल्डको बाकी रकम अबिलम्ब निकासा गरियोस् ।
  • ५) कक्षा ८ को आधारभूत तहको नगरस्तरीय परीक्षाको समीक्षा गरियोस् ।
  • ६) नगरस्तरीय परीक्षामा प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण लगाएतका सम्पूर्ण भत्ताहरु अबिलम्ब निकासा गरियोस् ।
  • ७) नगर शिक्षा ऐन २०७५ को परिच्छेद ४ को दफा १५ को उपदफा (१) बमोजिम ११ र १२ आधारभूत तह र मावि को तहको शिक्षकलाई अबिलम्ब मनोनयन गरियोस् ।
  • ८) नियम अनुसार करार, राहत, बालबिकास र विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लगियोस् ।
  • (९) नगरभित्रका शैक्षिक व्यवस्थापन सम्बन्धमा संघिय शिक्षा ऐन वा नगर शिक्षा ऐन कुन अनुसार नियमन गर्ने प्रष्ट पारियोस् ।
nijgadh-supermart-adz1200-630