skip this yams_Max_Hospital.jpeg

सगरमाथा साकोस निजगढको २४ औं वार्षिक साधारण सभा सम्पन्न

954 shares
oil-nigam-amlekhgunj-adv.jpeg
बारा–बाराको निजगढ नगरपालिका– ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको निजगढ ८ स्थित शुभकार्य बैन्क्यौंटमा निजगढ नगरपालिका नगरप्रमुख सुरथ पुरीले दिपप्रज्वलन गरेर उद्घाटन गरेका छन् ।
संस्थाका अध्यक्ष भोला प्रसाद गौतमको सभाध्यक्षमा भएको कार्यक्रममा  संचालक बोधनाथ चौलागाई र स्वागत उपाध्यक्ष हरिमाया उपाध्याय पोखरेलले गरेका थिईन् ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष  भोला प्रसाद गौतम, संस्थाको लेखा समितिको प्रतिवेदन प्रस्तुत संस्थाका लेखा संयोजक रुद्र प्रसाद धिताल र संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत संस्थाका कोषाध्यक्ष बच्चुराम लामिछानेले प्रस्तुत गरेका थिए । साधारण सभामा प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
साधारण सभा उद्घाटन समारोहमा बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन) का संचालक एवं निजगढ महिला साकोसकी अध्यक्ष शोभा राउत, निजगढ नगपालिकाका सहकारी विभाग प्रमुख अजय उप्रेती, संस्थाका सल्लाहकार एवं निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शुदर्शन प्रसाद कोईराला, हिमचुली साना किसान सहकारी संस्थाकी अध्यक्ष दुर्गा कुमारी घिमिरे, श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय निजगढ ४ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  रुपेश कुवंरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रिय दुग्घ उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, निजगढ वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, कार्यपालिका सदस्य सर्मिला विक,  सल्लाहकार नागेन्द्र प्रसाद साह, विरेन्द्र मिश्र, सुनाखरी साना किसान सहकारी अध्यक्ष सागर दाहाल, सप्तरेखी महिला पशुपालन सहकारी संस्थाकी अध्यक्ष सावित्री भारती, समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्थाकी सचिव उषा लामा मोक्तान, नवतारा साकोसका अध्यक्ष गणेश राजभण्डारी, गौरी शंकर क्याम्पस, निजगढ ९ का व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व गा.वि.स अध्यक्ष एक बहादुर श्रेष्ठ, श्री गौरी शंकर माध्यमिक विद्यालय, निजगढ ८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कुमार बतौला, प्रधानाध्यापक बद्रिनारायण झा, श्री गौरी शकर माध्यमिक विद्यालय, निजगढ ६ का अध्यक्ष थाननेश्वर सापकोटा, श्री गौरी शंकर माध्यमिक विद्यालय, निजगढ ६ का प्रधानाध्यापक यादव कुमार तिमल्सिना, श्री सार्वजनिक माध्यमिक विद्यालय, निजगढ ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतम, श्री विद्यासागर ईङ्गलिस बोर्डिङ स्कुल प्रिन्सिपल अभिषेक मिश्र, समुदायमा आधारित प्रसुति गृहका अध्यक्ष माधव प्रसाद न्यौपाने, समाजसेवी मुकुन्द प्रसाद लामीछानेका आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा २४ जना जेष्ठ सदस्यलाई एक/एक थान हर्लिक्स, कप, फलफूल र दोसल्लासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सुदर्शन प्रसाद कोईराला, पदम वा.भण्डारी, गंगा साह, सावित्रीदेवी भारती, हरिमाया अधिकारी, मधुमंगल कोइराला, रामकुमार शर्मा दाहाल, मिथिलादेवी घिमिरे, हरिराम शर्मा, श्यामकुमार शर्मा दाहाल, टंकमाया अधिकारी, दिलमाया दनुवारनी, छबिलाल तिमल्सिना, आत्मराम अधिकारी, ठूलीमाया लामालाई सम्मान गरिएको थियो ।
त्यस्तै जेष्ठ सदस्य नुदनाथ तिमल्सिना, देवी प्रसाद भण्डारी, हरि प्रसाद चौलागाई, दोर्जेदेवी तामाङनी, कोमलनाथ न्यौपाने, उपामैया मगर्नी, केदार प्रसाद खरेल, भरत प्रसाद विडारी र अम्बिका पोखरेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० सालको एसइई परीक्षामा निजगढ नगरपालिका भित्र सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी छात्रा तर्फ गौरीशंकर माध्यमिक विद्यालय निजगढ़ ८ बाट ३.९० जि.पि.ए. अंक ल्याउन सफल प्रान्जल कुमारी कुवँर र छात्रतर्फ श्री गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ बाट ३.८६ जि.पि.ए. अंक ल्याउन सफल अवसर आचार्यका अभिभावक क्रमशः सियाराम कुवर र निरञ्जन रिसाललाई जनही रु २,०००।– नगद, सम्मान पत्र तथा १/१ थान कप सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट शेयर कारोबार सदस्य खोकराज अर्याल, उत्कृष्ट बाल बचत सदस्य समिक्षा दाहाल, उत्कृष्ट ऋणी सदस्य शुभद्रा योञ्जन, उत्कृष्ट बचत कारोवार सदस्य हेमलाल गौतम र उत्कृष्ट कर्मचारी सम्मान तर्फ भवानी पोखरेललाई सम्मान गरिएको थियो ।
साधारण सभाको अवसरमा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय निजगढ ४ का दुई सय दुई जना विद्यार्थीलाई ४५ हजार मूल्य बराबरको पोशाक (भेष्ट) प्रदान गरिएको थियो ।
nijgadh-supermart-adz1200-630