उषा केसीका ४ मुक्तक
वि.सं.२०७९ वैशाख ३१ शनिवार १०:५१

(१)
घर सङ्गै देश बनाउने जनता जालोमा परेका छन्
नेताले पार्टीलाई जिताउन लागे शक्ती गरेका छन्
स्व विवेकी स्वतन्त्र व्यक्तिको मन पनि गोलमाल पार्दै
फेरि हातखुट्टा बाधेर दौडिनु भन्दै जहर छरेका छन्
(२)
देश भ्रष्टाचार मुक्त भएको दिन हेर्ने धोको छ
देख्छु अचेल गरिब हैन धनी नै सधैं भोको छ
थाहा छ वर्षायाममा पानी परेर बग्छ हिलो भेल
तर खडेरीमा नी गरिबको मन भेलले छोको छ
(३)
मत गणना गर्दा बिग्रेको मत बदर गर्नुपर्छ
जुन पार्टीले पनि यो प्रस्ताव कदर गर्नुपर्छ
सच्चा मत गणना गर्दा जसले जिते पनि
उच्च सम्मान गर्दै उहाँहरुलाई सदर गर्नुपर्छ
(४)
तिर्खाएर व्याकुल हुँदा तिम्रो आँसु पिउन सकिन
तिम्रो मुटु चर्किएर फुट्दा पनि मैले सिउन सकिन
एउटै यात्रा एउटै बाटो हिँडेर जती नै कर्म गरे पनि
खोइ एक बारको जिन्दगीमा हाँसेर जिउन सकिन
-ललितपुर महानगरपालिका -१५ सातदाेबाटाे
वि.सं.२०७९ वैशाख ३१ शनिवार १०:५१

















