सवारीसाधनको भाडा १० देखि १४ प्रतिशतसम्म बढ्यो, बढेको भाडा आइतबार प्रकाशित गरिने
वि.सं.२०७८ चैत १७ बिहीवार २०:५६
1.34K
shares

काठमाडौं । सवारीसाधनको भाडा बढ्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको छ ।
सरकारले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बढेको भाडा आइतबार प्रकाशित गरिने जानकारी दिएका छन्। रुटअनुसार भाडा बढाइने उनले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण भाडा समायोजन गरिएको उनको भनाइ छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार २०:५६
















