उपराष्ट्रपति निर्वाचन: गठबन्धनका तर्फबाट ममता झाले गराइन् उम्मेदवारी दर्ता
वि.सं.२०७९ फागुन २७ शनिवार १३:२०
870
shares

काठमाडौँ । सत्ता गठबन्धनका तर्फबाटबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन ।
आज बिहान बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।सहमति नबनेपछि जनमत र जसपाबाट दुवै जनाले उम्मेदवारी दिने सहमति भएको थियो । यद्यपि एक जनालाई उम्मेदवारी फिर्ता लिन लगाउने प्रयास भइरहेकोसमेत बुझिएको छ ।
वि.सं.२०७९ फागुन २७ शनिवार १३:२०

















