skip this

सरकार र संसद्बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्छ –गणेशप्रसाद तिमिल्सिना

705 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकार र संसद्बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।आज १६औं संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक रहेको बताएका हुन ।

सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्नुका साथै एकले अर्काका कुराहरू बुझ्ने र बुझाउनुपर्ने जिबिर गरेका छन् । उनले भावी नेतृत्वसँग छलफल, सहकार्य गरेर संसद् सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्ने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र आमजनताले राखेको आकांक्षा पूरा गर्न सबै पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

उनले संसद् अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढंगले चलाउनुपर्ने बताएका छन् । संसद् सेवालाई प्रभावकारी बनाउन सबै पक्ष हरदम रूपमा लाग्नुपर्ने उनको भनाइ थियो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद् सेवालाई प्रभावकारी र जनमुखी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संसद् र समितिका कामकारबाहीलाई प्रभावकारी बनाउन सबैको क्रियाशीलता आवश्यक रहेको उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630