विश्व रेबिज दिवसको अवसरमा निजगढमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जीतपुरसिमरामा निःशुल्क खोप लगाईने
वि.सं.२०८० असोज ११ बिहीवार २२:०५

बारा–१७ औं विश्व रेबिज दिवसको अवसरमा बाराको निजगढमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ नगरपालिकाको पशु सेवा शाखाले नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका प्रमुख डा. हेम चन्द्र जैसवाल, पशु क्वारेन्टाइन चेक पोष्ट पथलैयाका प्रमुख डा. महेश देव बन्जाडेले रेबिज रोग नियन्त्रणका लागि भएको प्रविधिको विकास, यसका लक्षणहरु, रोकथामका उचित उपायहरु, रेबिज एकिन गर्न गरिने परीक्षण लगायतका विषयहरुमा प्रस्तुती दिएका थिए ।
नगर प्रमुख पुरीले निजगढ नगरपालिकाले पशु सेवा शाखा मार्फत् रेबिज नियन्त्रणका लागि वार्षिक बजेटमा विनियोजन गरी भ्याक्सिनको व्यवस्थापन, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यहरु गरिरहेको जानकारी गराएका थिए ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत श्री राजमणि निरौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु,निजगढ स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
जीतपुरसिमरामा निःशुल्क खोप लगाईने
विश्व रेबिज दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिको दुई दिन निःशुल्क रेबिज विरुद्धको खोप लगाउने भएको छ ।
११–१२ असोजमा खोप लगाउने पशुपन्छि विकास शाखाले जनाएको छ ।
वि.सं.२०८० असोज ११ बिहीवार २२:०५

















