बिल विजक भन्दा बढी १ करोड ३१ लाख ९५ हजारको समान बरामद
वि.सं.२०८० असोज ११ बिहीवार २२:१५

बारा–बारामा बिलविजक भन्दा बढी समानहरु अवैध रुपमा लादै गरेको चार वटा ट्रक सहित एक करोड ३१ लाख ९५ हजार २५ रुपै“या रकम बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित खटिएको प्रहरीको टोलीले विषेश सूचनाको आधारमा विहीबार बिहान वीरगंजबाट काठमाण्डौँतर्फ जादै गरेको ४ वटा ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।
वीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना.६.ख.७१ नम्बरको ट्रकमा रु.३ ५ लाख २७ हजार ४ सय ७४ पैसा बिरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको वा.४.ख ११२५ नं.को ट्रकमा ३६ लाख ६२ हजार ९ सय ७२ पैसा, वीरगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको ना.४ ख ९०९१ न.को ट्रकमा रु.२४ लाख ९९ हजार ५ सय ७९ पैसा र वीरगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको ना. ६ ख ३०२४ नम्बरंको डिब्बा ट्रक रु.३४ लाख ९५ हजार बराबरको सामानहरु बरामद गरेको प्रहरी उपरीक्षक सुरेश काफलेले जानकारी दिए ।
१३ क्विन्टल अलैची बरामद्
प्रहरीले १३ क्विनटल अलैची नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपाालिका–१ स्थित पथलैया चोकमा खटिएको चेकिङ टोलीले बिशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा उक्त परिणामको अलैची नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।
लमजुङबाट झापातर्फ जाँदै गरेको ना.६ ख.७१०५ नम्बरको पिकअप गाडीबाट १३ क्विन्टल अलैची बरामद भएको छ ।
बरामद गरिएको अलैचीको बजार मूल्य २६ लाख रहेको तथा थप अनुसनधान भइरहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
वि.सं.२०८० असोज ११ बिहीवार २२:१५

















