skip this farak Kura Pravakar
बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

321 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने सम्भावना छ। अन्य स्थानमा भने आंशिक बदलीको अवस्था रहनेछ।

विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्का अनुसार आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र अन्य प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।

nijgadh-supermart-adz1200-630