skip this

कास्कीमा १३ वर्षीया बालिका बलात्कृत

1.98K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कास्कीमा एक जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको प्रहरीले जनाएको छ । उनीमाथि चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

nijgadh-supermart-adz1200-630