skip this

मोटरसाइकल दुर्घटनामा हेटौंडाका २८ वर्षीय आशिस ढकालको मृत्यु

2.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर-मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ गौरिटारस्थित सडकमा ना.४ ख ९००२ नम्बरको बसले बा.९९ प २९८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने २८ वर्षीय आशिस ढकालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रमम मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि सरकारी अस्पताल भरतपुर रिफर गरिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630