ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको अग्रता
वि.सं.२०७९ मंसिर १० शनिवार १६:३४
1.03K
shares

काठमाडौं-अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता लिएको हो ।
योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए ।
समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो ।
वि.सं.२०७९ मंसिर १० शनिवार १६:३४

















