तेस्रो मनहर्वा गोल्डकपमा आयोजक मौवादेवी सेमिफाइनलको विजयी सुरुवात
मुख्यमन्त्री यादवले गरे उद्घाटन
वि.सं.२०८० माघ १३ शनिवार १९:४५
बारा–तेस्रो मनहर्वा गोल्डकपमा आयोजक मौवादेवी युवा क्लबले विजय सुरुवात गरेको छ ।
जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक मौवादेवी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजकको जीतमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले ३८औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच आयोजक क्लबका आकाशबहादुर राना घोषित भए । उनले नगद दुई हजार पाँच सय प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आइतबार रिगल हेटौडा रिसोर्ट र रौतहट एफसीबीच हुनेछ । माघ २० गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।
मुख्यमन्त्री यादवले लागूऔषधमुक्त समाज निर्माणका लागि निजगढमा सुधार केन्द्र भवन निर्माण गरिने समेत बताएका छन् ।
उद्घाटन समारोहमा मधेस प्रदेशकी खेलकुद मन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट चार लाख उपलब्ध गराउने बताएकी छिन् ।
कार्यक्रममा बारा क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारीले प्रदेश सरकारसँग संमन्वय गरेर अघि बढ्न आफू तयार रहेको बताईन ।
कार्यक्रममा पूर्वसांसद रामबाबु यादव, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्ले, वडा नं. १६ का अध्यक्ष हरिदेव खरेललगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको उद्घाटनसत्र मौवादेवी युवा क्लबका अध्यक्ष निर्मलकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।
वि.सं.२०८० माघ १३ शनिवार १९:४५