skip this farak Kura Pravakar

जनजागृती सुन्दर सामुदायिक वन समुहको १३ औं वार्षिक साधारण सभा सम्पन्न

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–५ स्थित जनजागृती सुन्दर सामुदायिक वन समुहको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले गमलामा जल सेचन गरेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख पुरी, निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजीप्रसाद बजगाई, सव डिभिजन वन कार्यालय निजगढका तामागढीका वन अधिकृत सुरेश भगत, जनजागृती सुन्दर सामुदायिक वन समुहका पूर्व अध्यक्ष कृष्णप्रसाद बन्जरा,  पूर्व अध्यक्ष नारायणप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर सभापति रामहरी खरेल, सार्वजनिक माध्यमिक विद्यालय निजगढ ५ बागदेवका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष  थानेश्वर सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनजागृती सुन्दर सामुदायिक वन समुहका अध्यक्ष जयप्रसाद ढुंगाना

साधारण सभाले अध्यक्षको प्रतिवेदन अध्यक्ष जयप्रसाद ढुंगाना, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष नारायणप्रसाद लामिछाने र लेखाप्रतिवेदन लेखा समिति संयोजक जयराम तिमिल्सनाले प्रस्तुत गरेका थिए । साधारण सभाले प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ५ का वडा सदस्य कुञ्जरमणी सापकोटा, वडा सदस्य आशा चौलागाई, वडा सदस्य सविता दर्जी, वडा सदस्य लिलानाथ गौतम, जनजागृती आधारभूत विद्यालय निजगढ ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चौलागाई, सिटी क्लब निजगढ ५ का अध्यक्ष नवराज गौतम, नव जागरण क्लब निजगढ ५ का अध्यक्ष श्री चुडामणी चौलागाई, पत्रकार गुरुप्रसाद गौतम, महेश्वर अधिकारी लगायत सहभागि थिए ।

जनजागृती सुन्दर सामुदायिक वन समुहका अध्यक्ष जयप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इश्वरी खड्का र स्वागत उपाध्यक्ष सर्मिला विश्वकर्माले गरेका थिए ।

nijgadh-supermart-adz1200-630