skip this farak Kura Pravakar

मित्रपार्कमा युवकको शव फेला, दुई जना पक्राउ

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओह्रालोमा ती युवकको शव फेला परेको हो ।
आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुई जना पक्राउ
प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन् । झगडा गर्ने अर्का एक जना भने फरार छन्।

nijgadh-supermart-adz1200-630