skip this

यस कारण डुब्यो प्रभु बैंकको ४० करोड !

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । ठगी मुद्धामा पक्राउ परेका सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङको नयाँ हाउजिङ कम्पनी फेला परेको छ । अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त कम्पनी फेला पारेको हो ।

‘यस कम्पनीबारे यसअघि जानकारीसम्म थिएन,’ विभाग श्रोतले भन्यो, ‘तामाङका नातागोता र अन्य पीडितहरूसँग बयानका क्रममा उक्त कम्पनीबारे रहस्य खुल्यो । अनि खोजी गर्दा भेटियो ।’

२० रोपनी क्षेत्रफल रहेको उक्त कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’ का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ । इच्छाराज तामाङ र सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठका नाममा दर्ता रहेको उक्त कम्पनीको चुक्ता पुँजी ५ करोड मात्र राखिएको छ ।

जसमा तामाङका नाममा साढे चार करोड र श्रेष्ठका नाममा ५० लाख रुपैयाँ मात्र पुँजी लगानी देखाइएको छ । सोही कम्पनी धितो राखेर प्रभु बैंकले ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बौद्धमा निर्माणाधीन हाउजिङका लागि प्रभु बैंकबाट सो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको हो । विभागले तामाङको बौद्धमा निर्माणाधीन हाउजिङमा प्रभु बैंकले लगानी गरेको पुष्टि गरेको छ ।

समाचार स्रोतका अनुसार अनुसार तामाङले सो हाउजिङ निर्माणका लागि प्रभु बैंकबाट ४० करोड रुपैयाँ ऋण लिएका छन् ।

‘यसअघि हामीलाई हाउजिङ र सो हाउजिङ निर्माणका लागि लिएको ऋणको विषयमा कुनै जानकारी थिएन तर, अनुसन्धान गर्दै जाँदा तामाङका आफन्त र पीडितहरूसँग बयानका क्रममा निर्माणाधीन हाउजिङ भेटियो, त्यसमा प्रभु बैंकले ४० करोड रुपैयाँ लगानी गरेको रहेछ,’ स्रोतले बताउँछ ।

सो कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’ का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । सोही कम्पनी नै धितोमा राखेर प्रभु बैंकले ऋण लगानी गरेको स्रोतको भनाई छ । अहिले विभागले उक्त क्षेत्रमा रहेका निर्माणाधीन संरचना र कम्पनीका नाममा रहेको सम्पत्ति मूल्यांकनको काम गरिरहेको छ ।

प्रभु बैंकले ५ करोडको कम्पनी धितो राखेर ऋण प्रवाह गरेकाले ४० करोड रुपैयाँ असुल हुँदैन कि भन्ने चिन्ता बढेको छ ।

nijgadh-supermart-adz1200-630