skip this

सञ्चालनमा नआउँदै भत्किएको पार्क मर्मत सुरु

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

गुल्मी । रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्क सञ्चालनमा नआउँदै संरचनाहरु भत्किएपछि अहिले मर्मत गर्न थालिएको छ । निर्माण भएको पार्क निर्माण सकिएको लामो समयसम्म पनि सम्बन्धित निकायले सञ्चालनमा चासो नदेखाएपछि संरचना भत्किएको हो ।
तम्घासको लाँकुरी मञ्चमा रहेको पार्कको उचित संरक्षण नहुँदा पार्कमा बस्नेहरूले फोहोर गर्ने, प्रवेश गेट नै संरक्षण नहुँदा भाँचिएको थियो। पार्कभित्र शौच गर्ने गरेको समेत पाइएको छ। पार्क रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रूपैयाँको लागतमा निर्माण भएको हो ।
पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै अहिले गुमेको छ। लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुःखद् भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।


उनले विभिन्न संघ संस्था, संगठन र राजनीतिक दलहरूले सरकारलाई खबरदारी गर्ने इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए। पाण्डेले आ–आफ्नै स्वार्थका कारण पार्कलाई अलपत्र पारेर राज्यको रकम दुरुपयोग गर्न नपाइने टिप्पणी गरे ।
वडा नम्बर ८ का अध्यक्ष भरत भलामीले पहिले पार्क निर्माण गरेको ब्यक्तिले मर्मतका लागि आउँछु आउँछु भन्दै आलटाल गरेका कारण समस्या भएको बताए ।
सहज रुपमा दक्ष कामदार पनि नपाइने र नयाँ संरचना भएकाले पनि मर्मत गरी सञ्चालनमा ल्याउन ढिलाई भएको उनको भनाइ छ ।
अहिले बुटबलबाट कामदार ल्याई मर्मत भइरहेका र फागुनभित्रै सञ्चालनमा ल्याउने रेसुंगा नगरपालिकका नगरप्रमुख डिल्लीराज भुसालले दाबी गरे ।

nijgadh-supermart-adz1200-630