बौद्धमा होली खेल्दा घरको छतबाट खसेर किशोरी घाइते
वि.सं.२०७८ चैत ३ बिहीवार २२:२५
1.82K
shares

काठमाडौं । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् ।
सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् ।
११ कक्षामा अध्ययनरत किशोरी बौद्धमा डेरामा बस्थिन् । दक्षिणढोकास्थित आफन्तको एकतले घरको छतमा होली खेल्दा उनी लडेकी हुन् ।
उनको अहिले मित्रपार्क स्थित दीर्घायु अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दाजुसँग डेरामा बस्ने उनि विहान आफन्तकहाँ होली खेल्न गएकी हुन् ।
वि.सं.२०७८ चैत ३ बिहीवार २२:२५
















