skip this

गायक पल शाहविरुद्ध १४ वर्ष जेल सजायको माग, जुटायो प्रहरीले यस्ताे प्रमाण

2.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गायक पल शाहविरुद्ध बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको छ ।

फरक नेपाल डटकम संग टेलिफाेनमा कुरा गर्दै, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्ज्वल महर्जनले पलविरुद्धका विभिन्न प्रमाण जुटाएर अदालतमा मुद्दा दायर भएको बताए ।

पलले ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला बलात्कार गरेको भन्दै जाहेरी दिइएको थियो ।

सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । जबरजस्ती करणी मुद्दामा प्रहरीले बढीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । तनहुँमा पनि पलविरुद्धको मुद्दा बुझाइनेछ । एसपीले विभिन्न प्रमाण समेत जुटाएको बताए ।

पलले भने गैँडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।

एसपीले भने, “बाहिरिएका अडियोलाई फरेन्सिक ल्याबमा पठाएका छौँ । यसबाहेक म्यासेज, कल, घटनालाई पुष्टि गर्ने अन्य प्रमाणहरू हामीले संकलन गरेका छौँ । जसले अभियोग पुष्टि हुनसक्छ ।”

गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही राति पल किशोरीको कोठामा गएर जबरजस्ती करणी गरेको उनीविरुद्ध आरोप छ ।

पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएकी छन् ।

थप समाचारहरु….

nijgadh-supermart-adz1200-630