बसको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु
वि.सं.२०७८ चैत १२ शनिवार ०८:०१
1.88K
shares

काठमाडौं । बसले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।
भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी आउँदै गरेको बा४ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश ३-०२-००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
ठक्कर दिने बस चालक भने फरार रहेको र खोजतलास भइरहेको भनाइ छ ।
वि.सं.२०७८ चैत १२ शनिवार ०८:०१

















