दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल भर्न स्थानीयको तँछाड मछाड
वि.सं.२०७८ चैत १५ मंगलवार २१:५१
2.28K
shares

काठमाण्डौं । बाराको अमलेखगञ्जबाट तेल भरेर पोखरा जाँदै गरेको ना ८ ख ०३२६ नम्बरको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार दुर्घटनामा प¥यो ।
२० हजार लिटर डिजेल बोकेर हिडेको ट्यांकर दुर्घटनामा परेपछि तेल चुहिन थालेपछि तेल भर्न स्थानीयहरु तँछाड मछाड भएको छ ।
सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको नेपाल आयल निगमले जनाएको छ ।
वि.सं.२०७८ चैत १५ मंगलवार २१:५१
















