भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
वि.सं.२०७८ चैत १८ शुक्रवार २३:३०
1.07K
shares

काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।
चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ चैत १८ शुक्रवार २३:३०
















