skip this

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी, तीन जनाको मृत्यु

3.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।ग्याँस पड्केपछि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।

आगोलागीबाट तामाङका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङका साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको हो ।आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको हो । मीनबहादुर पनि घाइते भएका छन् । र, उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।

nijgadh-supermart-adz1200-630