skip this farak Kura Pravakar

यी हुन् मन्त्रिपरिषद्‍ले गरेका २३ निर्णय (सूचीसहित)

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको बताए ।

बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगंज सबस्टेशनको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

त्यस्तै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासका न्यायधिश बासुदेव आचार्यलाई तोक्ने,समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाललाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यसैगरी राजस्व न्यायधिकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने र इपिएस मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको छ भने भूकम्पबाट प्रभावित संरचनाको पुर्न निर्माणको पुनरावेदन समितिको अध्यक्षमा अदालतको समेत कामकाज गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

 


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630