skip this

लोकतन्त्र र राष्ट्रियता बचाउन कांग्रेससँग गठबन्धन आवश्यक रहेको देव गुरुङको भनाई

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वर्गीय रुपमा आफ्नो पार्टी र नेपाली कांग्रेस फरक भएपनि लोकतन्त्र र राष्ट्रियता बचाउन कांग्रेससँग गठबन्धन आवश्यक रहेको नेकपा माओवादी (केन्द्र)का नेता देव गुरुङको भनाई छ । उहाँले नेकपा एमाले कम्युनिष्ट पार्टी भएपनि लोकतन्त्र मास्ने काम गरेको र कांग्रेस पूँजीवादी नै भएपनि देशको लोकतन्त्र बचाउन लागेको कारण सत्ता गठबन्धन हुँदै चुनावी गठबन्धनसम्म भएको बताउनु भएको छ ।

व्यवस्था भत्कनासाथ द्वन्द्व हुने र यदि द्वन्द्व भयो भने संकटकाल अनिवार्य निम्तिने उहाँको भनाई छ । उहाँले संकटकाल हुनसाथ विदेशी सेना आउने पक्का रहेको जिकिर गर्नु भएको छ । सामान्य अवस्थामा पनि विदेशी सेना आउने कसरत अभियान चलेको उहाँको भनाई छ । त्यसकारण द्वन्द्व निम्तियो भने विदेशीको लागि ढुंगा खोज्दा देउवा पाएजस्तो हुने उहाँको भनाई छ । त्यसैले त्यो बाटोमा हिड्नु हुँदैन भन्ने आफुहरुको मान्यता रहेको र ओली त्यही बाटोमा हिडेको गुरुङको भनाइृ छ । बामपन्थी भएपनि ओलीहरु देश सिध्याउनतिर लागेपछि कांग्रेससँग गठबन्धनको आवश्यक रहेको उहाँको तर्क छ।

nijgadh-supermart-adz1200-630