skip this

सत्ता स्वार्थका लागि कांग्रेससँग एकता गर्नु जनतामाथिको धोका हो –भीम रावल

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरेका छन् ।उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे ।

सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए ।रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीब्रता पाउने एमालेबाट बनेका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

nijgadh-supermart-adz1200-630