सिरहाको धनगढीमाई नगरपालिका–१ र १४ मा कांग्रेस विजयी
वि.सं.२०७९ जेठ १ आइतवार ०९:०८
4.59K
shares

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–१ र १४ मा नेपाली कांग्रेसका सूर्यनाथ यादव र अमित ठकुरीको प्यानल विजयी भएको छ ।वडा १ मा सूर्यनाथ यादवले ७४५ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५४४ मत ल्याए ।
वडा नम्बर १४ मा अमित ठकुरी ५२२ मत प्राप्त गरी विजयी भए । एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरे । यो दुवै वडामा ०७४ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो ।
वि.सं.२०७९ जेठ १ आइतवार ०९:०८

















