skip this

निजगढ ११ मा राेचक नतिजा : तीनै पार्टीका उम्मेदवार विजयी

4.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । स्थानीय तह निर्वाचनमा बाराकाे निजगढ नगरपालिकाकाे वडा नं. ११ मा राेचक नतिजा देखिएकाे छ ।

अधिकांश वडा जितेकाे एमालेले अध्यक्ष गुमाएकाे छ । गठबन्धन गरेर निर्वाचनमा हाेमिएकाे कांग्रेसका उम्मेदवार सैहइया गुरो थारु ८ मतले विजयी भए ।

उनकाे टिमबाट माओवादीका पर्शराम श्रेष्ठ विजयी भए । वडामा माओवादीका दुई जना सदस्य उम्मेदवार बनेका थिए । माओवादीकि कविता लामा ३१ मतले पराजित भईन् ।

एमालेकी मनमाया श्रेष्ठ, दलित महिला सदस्य कमला परियार र खुला सदस्यतर्फ प्रेम बस्नेत निर्वाचित भएका छन् ।

झिनाे मतान्तर
गत निर्वाचनमा तीन एक्काएक्लै लडेका थिए । एमालेका प्रेमबहादुर रुम्बा निर्वाचित भएका थिए ।सदस्यमा कांग्रेसबाट उदयनारायण गुराे निर्वाचित भएका थिए । पार्टीले उनलाई निरन्तरता दिएन् । युवा उम्मेदवार बाबुराम स्याङ्गतानलाई अघि सार्याे । अध्यक्ष गुमाउँदै एमालेका तीन जना सदस्य निर्वाचित भए ।

अध्यक्षमा गठबन्धनका गुराेले ६ सय ९० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार स्याङ्गतानले ६ सय ८२ मत प्राप्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630