सुर्खेतको लेकबेशी नगरपालिकाको प्रमुखमा कांग्रेस र उप–प्रमुखमा एमाले विजयी
वि.सं.२०७९ जेठ ४ बुधवार १०:१४
1.52K
shares

काठमाडौं । सुर्खेतको लेकबेशी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । त्यस्तै उपमेयरमा भने नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका उमेश कुमार पौडेल र उपमेयरमा एमालेकी विमला खड्लुक निर्वाचित भएका छन् ।
पौडेल ६६३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर राना ६३७४ मत ल्याएका छन् ।एमालेकी विमला खड्लुक ६१०९ मतसहित उपाध्यक्षमा निर्वाचित भएकि छन् । उनकी प्रत्यासी नेकपा एकिकृत समाजबादीकी देउ कली थापामगरले ५४४० ल्याएकी छिन् ।
वि.सं.२०७९ जेठ ४ बुधवार १०:१४
















