skip this

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे फैसला अध्ययन गरी आवश्यक निर्णय लिन्छौं: प्रधानमन्त्री देउवा

2.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा फैसलालाई अध्ययन गरी आवश्यक निर्णय लिने बताएका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसला अध्ययन गरी आवश्यक निर्णय लिइनेछ,’ उनले भने ।

सर्वोच्च अदालतले बिहीबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय खारेज गरेको थियो ।

nijgadh-supermart-adz1200-630