लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भई अघि बढ्न प्रचण्डको अपिल
वि.सं.२०७९ जेठ १५ आइतवार ०८:४७

काठमाडौं । समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आज पन्धौं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रचण्डले देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल समेत गरेका छन् ।उनले स्थानीय तह निर्वाचनमा जित हारभन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा आफूहरु हषिर्त रहेको बताएका छन् ।
वि.सं.२०७९ जेठ १५ आइतवार ०८:४७

















