विराटनगरलाई डुबानबाट मुक्त गर्ने गरी काम शुरु भएको मेयर कोइरालाको भनाई
वि.सं.२०७९ जेठ १५ आइतवार ०९:०५
1.9K
shares

काठमाडौं । वर्षाको समय आएकाले तत्कालका लागि विराटनगरलाई डुबानबाट मुक्त गर्ने गरी काम शुरु भएको विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले बताएका छन् ।
नेपाली कांग्रेस विराटनगर वडा नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले जसरी हुन्छ यसपटकको बर्खामा महानगरवासीलाई डुबानबाट मुक्त गर्ने गरी काम भइरहेको प्रस्टाए । त्यसका लागि इन्जिनियरहरूलाई स्पष्ट खाका बनाउन निर्देशन दिइसकेको उनको भनाइ छ ।
मेयर कोइरालाले सबैको सहयोगले पाँच वर्षभित्र विराटनगरलाई सफा, सुन्दर र गर्व गर्न लायक बनाउन सकिने बताए । कोइरालाले अनेकौँ सम्भावना हुँदाहुँदै पनि विराटनगर विकासमा पछि परेको बताए ।
वि.सं.२०७९ जेठ १५ आइतवार ०९:०५

















